बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

छात्रालाई यौन दुराचार गरेको आरोपमा शिक्षक पक्राउ

शनिबार, २६ असार २०७८, २२ : ४२
शनिबार, २६ असार २०७८

पोखरामा आफ्नै विद्यालयकी छात्रालाई यौन दुराचार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पोखरा–२२ स्थित भुम्दिकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोलाले आफ्नै विद्यालयकी छात्रालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आफ्नै विद्यालयकी १५ वर्षीया छात्रामाथि दुराचार गरेको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि बास्तोलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले जानकारी दिए ।

यौन दुराचारपछि छात्रामा मानसिक समस्या देखिएको र अभिभावकले पटकपटक अस्पताल लग्दा समेत ठुलो समस्या नदेखिएपछि फकाएर सोधखोज गर्दा शिक्षकले दुव्र्यवहार गर्ने गरेको खुलेको हो । बालिकाका परिवारले बास्तोलाले यौन दुराचार गरेको थाहा पाएपछि कुटपिट गरेपछि घटना सार्वजनिक भएको हो । बुधबार बालिकाका परिवारले बास्तोलालाई कुटपिट गरेको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको थियो । 

बालिकाको परिवारले शिक्षक बास्तोलाविरुद्ध बुधबार नै किटानी जाहेरी दिएका थिए । परिवारले प्रहरीलाई दिएको जाहेरीमा पटक–पटक यौन दुव्र्यवहार गरेको, म्यासेजमार्फत अश्लिल सन्देश पठाउने गरेको लगायत उल्लेख गरिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका बस्तोलालाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी हमालले बताए । ‘बालिकाका परिवारको उजुरीका आधारमा पक्राउ गरी आवश्यक अनुसन्धानका लागि प्रक्रिया अघि बढाएका छौ’ उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप