सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कोरोनाको खोप उपलब्ध गराउन जि-२० देशहरूलाई राष्ट्रसंघीय महासचिवको आग्रह

शनिबार, २६ असार २०७८, २० : ४०
शनिबार, २६ असार २०७८

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि २० (ग्रुप २०) का देशहरूलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका छन् ।  विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि २० लाई सम्बोधन गर्दै महासचिव गुटरेसले सो कुरा बताएका हुन् । उनले हाल विश्वका विकासशील देशहरुले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरूका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गरेका हुन् ।

साथै राष्ट्रसंघीय महासचिव गुटरेसले विश्वका विकासशील देशहरु कोभिड १९ का कारण आर्थिक समस्यामा परेका भन्दै ती देशलाई ऋण अर्थात् आर्थिक सहायता दिएर सहयोग गर्न पनि आग्रह गरेका हुन् । जि २० का सदस्य देशहरूका अर्थमन्त्री र ती देशका केन्द्रीय बैंकका गभर्नरहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।

उनले अहिले भइरहेको खोप उत्पादनको कामलाई कम्तीमा पनि दोब्बर बनाउने कामलाई गति दिन पनि ती देशहरूलाई आग्रह गर्नुभएको बताइएको छ । अहिले विश्वमा कोरोनाको खोप प्राप्त गरेका र खोप नपाएका देशहरूका बीचमा अन्तर फराकिलो बन्दै गएको भन्दै महासचिव गुटरेसले यस्तो अन्तरलाई हटाउने कामका लागि पनि ती देशका अर्थमन्त्रीहरूलाई अपिल गरेका थिए । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप