सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इङल्यान्डमाथि युईएफएद्वारा कारबाही, २६ हजार पाउन्ड जरिवाना

शनिबार, २६ असार २०७८, २० : ००
शनिबार, २६ असार २०७८

सेमिफाइनल खेलमा डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई ताकेर एक इंलिस समर्थकले लेजर लाइट देखाएका थिए । यस घटनामा इङ्ग्ल्यान्डमाथि कारबाही भएको छ । युइएफएले इङ्ग्ल्यान्डलाई २६ हजार पाउन्ड जरिवाना गरेको हो । 

स्माइकलले ह्यारी केनको पेनाल्टी रोक्ने तरखर गरिरहेका बेला उनका आँखामा पर्नेगरी लेजर लाईट ताकिएको थियो । त्यसका बाबजुद स्माइकलले पेनाल्टी जोगाएपनि रिबाउन्डमा केनले गोल गरेर २–१ को जित दिलाउँदै इङ्ग्ल्यान्डलाई फाइनलमा पुर्याए । 

यही खेलको सुरुमा डेनमार्कको राष्ट्रिय गान बज्दा पनि इंलिस समर्थकहरु बेइज्जतीपूर्ण रुपमा होहल्ला गरेका थिए । त्यस्तै, खेलपछि समर्थकहरुले पटाका पड्काएका थिए । युइएफएको अनुशासन समितिले यी तीनवटै कार्यका लागि इङल्यान्डलाई जरिवाना गरिएको जनाएको छ । यो खेल इङल्यान्डको घरेलु मैदान बिम्बलीमा भएको थियो । 

इङल्यान्डले प्रतियोगिताको फाइनल खेलमा स्थान बनाइसकेको छ । आइतबार नेपाली समयअनुसार १२ः ३० मा उसले फाइनलमा इटलीको सामना गर्नेछ । इङ्ग्ल्यान्डले १९६६ को विश्वकपपछि कुनै पनि ठूलो प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । फाइनल खेल बिम्बली रंगशालामै हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप