बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारले १६ करोड भ्रष्टाचार गर्‍यो : पृथ्वीसुब्बा गुरुङ

शनिबार, २६ असार २०७८, १८ : १२
शनिबार, २६ असार २०७८

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि १६ करोड भ्रष्टाचार गरेको आरोप लगाएका छन् । । शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । 

उनले पोखरेल नेतृत्वको सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी जिल्ला सभापतिहरूको सिफारिसमा बाँडेकाले उनीविरुद्ध तत्काल भ्रष्टाचारको मुद्दा चलाउने चेतावनी दिए । नेता गुरुङमाथि पोखरेल नेतृत्वको सरकारले ४ अर्बभन्दा बढीको टेण्डर गरेको भनी लगाएको आरोपको खण्डन गर्दै उनले विगतका बर्ष देखिनै सुरु गरिएका योजनाको लागत स्टेटमेन्टमा ढिलाई भएकाले रातो किताबमा उल्लेख नगरी पछि टेन्डर गरिएको प्रष्टिकरण दिए । गुरुङले कृष्णचन्द्र नेतृत्वको सरकारले आउनासाथ एकपछि अर्को गलत काम गरिरहेको आरोप समेत लगाए । 

अहिलेको सरकारले नीति तथा कार्यक्रममा उल्लेख नै नभएका विषयवस्तुहरुमा बजेट विनियोजन गरी कार्यकर्ता पोस्ने काम गरेको उनको आरोप छ । आफ्नो गल्तीलाई ढाकछोप गरी सबै दोष पूर्व सरकारलाई थुपार्ने काम निन्दनीय भएको बताउँदै उनले भने– ‘मेरो नेतृत्वको सरकारले पारदर्शी ढंगले योजना सार्वजनिक गरेको छ, नीति तथा कार्यक्रममा आधारित रहेर नै हामीले बजेट विनियोजन गरेका छौं’ उनले भने, ‘जुन संसदबाट नै पारित भएको विषय हो, अहिले आएर लोकप्रिय बन्न गैरजिम्मेवारी अभिव्यक्ति दिएर बदनाम गर्न खोजियो ।’ 

आफु नेतृत्वको सरकारले बनाएका योजनालाई अगाडि बढाएको अवस्थामा अहिलेको सरकारलाई समर्थन रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप