सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय

धर्मशाला पुगेर पौडेलले लिए क्रियाशील सदस्यता छानविनको जानकारी

शनिबार, २६ असार २०७८, १७ : २५
शनिबार, २६ असार २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् । क्रियाशील सदस्यता छानविन समिति कार्यस्थल गौशालास्थित धर्मशाला भवनमा पुगेर छानबिन समितिका सदस्यसँग छलफल गरेका हुन् ।

छानबिन समितिका संयोजक रमेश लेखक, सदस्यहरु आनन्द ढुंगाना , श्याम घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरीसँग छानबिनको प्रगतिबारे जानकारी लिएका थिए । 

भेटमा पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमा नै टुंगो लगाउन  निर्देशन दिए । क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउन जिम्मा क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?