राजधानी शहर जलमग्न : बानेश्वरमा घरमा पानी पस्यो, तीनकुनेमा यातायात अवरुद्ध (फोटोफिचर)
शनिबार, २६ असार २०७८, १७ : २१
वर्षासँगै राजधानीको बानेश्वर क्षेत्र जलमग्न बनेको छ । ढलको उचित व्यवस्थापन नहुँदा बानेश्वरका केही घरमा पानी पसेको छ भने घट्टेकुलो क्षेत्र पनि जलमग्न बनेको छ ।
यस्तै तीनकुने क्षेत्र ढल फुटेर जलमग्न बनेको छ । शनिबार दिउँसो सडक जलमग्न हुँदा सो क्षेत्रमा केहीबेर यातायात आवतजावत नै प्रभावित बनेको थियो ।
वर्षासँगै राजधानीका विभिन्न स्थान जलमग्न बन्ने गरेको छ । विगतमा वर्षहरुमा पनि यो समस्या राजधानीबासीले भोग्दै आएपनि सम्बन्धित निकायले दीर्घकालीन समाधान नखोज्दा यो समस्या बारम्बार दोहोरिने गरेको छ ।
बानेश्वरको तस्बिर
तीनकुने क्षेत्रको तस्बिर
घट्टेकुलोको तस्बिरः सौजन्य भुवन केसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का