शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दाजुको हत्या गरेको आरोपमा युवक पक्राउ

शनिबार, २६ असार २०७८, १७ : १०
शनिबार, २६ असार २०७८

विराटनगरमा आफ्नै दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनकै भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भोलाको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साजनमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप