बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वरबाट माधव पक्षका नेताहरु फर्किएसँगै कार्यदलको बैठक सुरु

शनिबार, २६ असार २०७८, १६ : ५४
शनिबार, २६ असार २०७८

माधव नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरुले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । 
सो छलफलबाट उनीहरु फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो । 

 दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो । 

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए । 

शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो । 

कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए  । 

त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप