शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा ५ जनाको मृत्यु

शनिबार, २६ असार २०७८, १५ : २३
शनिबार, २६ असार २०७८

ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर  शनिबार शक्तिशाली भूकम्प आएको छ ।   भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । 

स्थानीय समय अनुसार शनिबार विहान ७ः १४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ ।  भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।   

भुकम्पले पाँच जनाको मृत्यु भएको छ भने अरु मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरूले बताएका छन् । केही व्यक्तिहरु घाइते भएको हुनसक्ने बताइएको छ ।  भूकम्पका कारण १९ घर भत्किएका छन् । अन्य भौतिक क्षतिको विवरण भने सङ्कलन गर्ने क्रम चलिरहेकाले पूर्ण विवरण भने आउन बाँकी रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप