प्रदेशसभाको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री पौडेलको प्रतिपक्षसँग वार्ता
शनिबार, २६ असार २०७८, १५ : ०५

वाग्मती प्रदेश सरकारले बजेट पास गर्नका लागि दलीय सहमति जुटाउन प्रयास थालेको छ । सहमतिका लागि मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रतिपक्षी दलका नेतासँग वार्ता गरेका हुन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बनियाँसँग आज छलफल एवं वार्ता गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले) का संसदीय दलका मुख्य सचेतक दीपक निरौलाको समेत सहभागिता रहेको छलफल सकारात्मक रहेको जनाइएको छ । छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विना अवरोध सञ्चालन हुने मुख्य सचेतक निरौलाले जिकिर गरे । बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बुण्डेस लिगामा बायर्न म्युनिखको अग्रता थप चुलियो
-
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
तुलसीपुर बजार क्षेत्रका विद्युत तार फेरियो
-
पर्यटन प्रवर्द्धन : मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा
-
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर