शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभाको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री पौडेलको प्रतिपक्षसँग वार्ता

शनिबार, २६ असार २०७८, १५ : ०५
शनिबार, २६ असार २०७८

वाग्मती प्रदेश सरकारले बजेट पास गर्नका लागि दलीय सहमति जुटाउन प्रयास थालेको छ । सहमतिका लागि मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रतिपक्षी दलका नेतासँग वार्ता गरेका हुन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बनियाँसँग आज छलफल एवं वार्ता गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले) का संसदीय दलका मुख्य सचेतक दीपक निरौलाको समेत सहभागिता रहेको छलफल सकारात्मक रहेको जनाइएको छ । छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विना अवरोध सञ्चालन हुने मुख्य सचेतक निरौलाले जिकिर गरे । बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप