बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकियो

शनिबार, २६ असार २०७८, १३ : ४५
शनिबार, २६ असार २०७८

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार धान खेती हुने कुल क्षेत्रफलको ४८ प्रतिशत स्थानमा धान रोपाई सकिएको हो । कृषि अर्थविद ध्रुवराज ढकालले असार ६ गते तयार पारेको तथ्याङ्कअनुसार जिल्लाभर कुल खेतीयोग्य जमिन ७५.०४१ हेक्टर रहेको छ । त्यसमध्ये धान खोतीयोग्य जमिन ९.२ सय ६१ हेक्टर रहेको छ ।  जसमध्ये ९.२५ हेक्टरमा धान खेती गर्ने गरिन्छ । असार ६ गतेसम्म ८ सय ३९ हेक्टरमा धान रोपाई सकिएको छ । जुन कुल क्षेत्रफलको ४८ प्रतिशत रहेको ढकाल बताउँछन् ।  

मकै खेती गरिएको र चैते धान रोपिएको  खेतहरूमा धान रोप्न बाँकी रहेको उनको भनाई छ । ‘समृद्ध प्रदेश, खुशी जनता’ नारा लिएको लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा स्थानीय बीउ उत्पादन न्युन रहेको छ ।  धान र मकैको बीउ तराई र भारतीय बजारको भर पर्नुपर्ने अवस्था छ ।  गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीका अनुसार चामलमा गुल्मी जिल्ला २५ देखि ३० प्रतिशतको हाराहारीमा आत्मनिर्भर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप