मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित

person explore access_timeअसार २६, २०७८ chat_bubble_outline0

दिग्गज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा  अभिनेता श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कोभिड–१९ लाई जितेर घरैमा स्वास्थ्यलाभ गरिरहेका श्रेष्ठको स्वास्थ्य अहिले ठिक रहेको बताइएको छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।