ओखलढुंगाको रावादोलुमा पहिरो, ३ घर विस्थापित

जिल्लाको खिजीदेम्बा गाउँपालिकामा वर्षापछि आएको पहिरोका कारण ३ घर विस्थापित भएका छन् । खिजीदेम्बा गाउँपालिका ७ रावादोलुमा बिहीबार राती परेको वर्षाका कारण पहिरो जाँदा स्थानीय उदयबहादुर खत्री, दिलबहादुर खत्री र उदय बहादुर बस्नेतको परिवार विस्थापित बनेका हुन् । रातभर निरन्तर परको वर्षाले घरमाथिबाट पहिरो खस्दा स्थानीय उदयबहादुर खत्री र दिलबहादुर खत्रीको घर आधा पुरिएको छ । खत्रीद्धय नाताले बाबु छोरा हुन् । उनीहरु छुट्टाछुट्टै घरमा बस्दै आएका थिए । अर्का स्थानीय उदयबहादुर बस्नेतको भने खसेको पहिरो घरको जगसम्मै आइपुगेको छ । तीनवटै परिवार घर छाडेर अन्यत्र बस्न थालेका छन् ।
उक्त स्थान भिरालो तथा जोखिमयुक्त क्षेत्र भएका कारण बर्षाको समयमा पहिरोको जोखिम बढी रहेको खिजीदेम्बा गाउँपालिका ७ का वडाअध्यक्ष भूपेन्द्र बस्नेतले बताए । अघिल्लो वर्ष पनि बर्षाको समयमा सोही गाउँका केही स्थानयको घरमा पहिरोले क्षति पुगेको थियो । बर्षाका कारण बिस्थापित बनेका स्थानीयलाई वडा कार्यालयको तर्फबाट तत्कालका लागि त्रिपालको ब्यवस्था गरिएको र गाउँपालिकामा राहत प्याकेजका लागि छलफल भएको वडाअध्यक्ष बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल