सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

विकट बस्तीका चेपाङ परिवारलाई सहयोग

शनिबार, २६ असार २०७८, ११ : ५५
शनिबार, २६ असार २०७८

विकट बस्तीका  चेपाङ  परिवारलाई राहत वितरण गरिएको छ । यहाँका विकट ग्रामीण क्षेत्रमा बस्ने प्रायः चेपाङ परिवारमा बर्सेनि खाद्यान्न संकट हुने गरेको छ । फागुनदेखि भदौ पहिलो सातासम्म अनिकाल लाग्छ । पाखो बारीमा लगाएको मकैले मुस्किलले ६ महिना धान्छ । यसपटक निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि उनीहरु थप समस्यामा परेका थिए ।

सोही समस्या बुझेर ‘सुमो माया गर्छु’ संस्थाले विकट बस्तीका चेपाङलाई राहत वितरण गरेको हो । चितवनको इच्छाकामना गाउँपालिका–१ का ८० परिवार र मकवानपुरको राक्सिराङ गाउँपालिकाको मैसिराङका ६० परिवारलाई राहत वितरण गरिएको हो ।

 

चेपाङ समुदायले दुःख पाइरहेको समाचार आएपछि खाद्यान्न सहयोग गरेको उक्त संस्थाका प्रोजेक्ट म्यानेजर पेम्बा छिरी शेर्पाले बताए । ‘

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप