मेसीका ब्राजिली समर्थकलाई नेइमारले भने, ‘नर्क जाउ ... जो विपक्षमा छौ’

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाको समर्थन गर्न लागेका ब्राजिलीहरुप्रति नेइमार कठोर देखिएका छन् । मेसीले उपाधि जितुन् भन्ने चाहना राख्दै केही ब्राजिलीहरु आफ्नै देशका खेलाडीको विपक्षमा छन् । जसकारण, नेइमार निकै आक्रोशित बनेका छन् । उनले इन्स्टाग्राम पोस्टमा त्यस्ता समर्थकबारे लेखेका छन्,‘ठिक छ, म यसको सम्मान गर्छु, तर नर्कमा जाऊ.... जो विपक्षमा छौं ।’
‘स्नेह र गर्वसहित म ब्राजिल हुँ,’ नेइमारमले इन्स्टाग्राममा लेखेका छन् । ‘मेरो सपना सधैं ब्राजिलको राष्ट्रिय टिममा रहने र समर्थकहरुले गाएको सुन्ने थियो । चाहे खेलकुद होस्, मोडलिङ प्रतिस्पर्धा होस् वा ओस्कारमा किन नहोस्, जहाँसुकै ब्राजिलले प्रतिस्पर्धा गरेपनि मैले कहिल्यै विरोध गरिनँ र गर्नेछैन ।’
‘यदी त्यहाँ ब्राजिल छ भने म ब्राजिलको पक्षमा छु । र को ब्राजिलियन फरक कित्तामा हुनसक्छ ? ठिक छ, म सम्मान गर्छु । तर नर्कमा जाऊ... जो विपक्षमा छौं ।’
यो इन्स्टाग्राम पोस्टको कस्तो प्रभाव देखिएला भन्ने समयले नै बताउँला । अहिलेका लागि नेइमारको प्राथमिकता आइतबार बिहान माराकाना रंगशालामा हुने कोपा अमेरिकाको फाइनल जित्दै उपाधि उचाल्नु हो । नेमाइरले ब्राजिलबाट कन्फेडेरेशन कप र ओलम्पिक खेलकुदमा स्वर्ण जितेका छन् । तर, कोपा अमेरिका जित्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी