बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रपति हत्यापछि हैटीले गुहार्‍यो अमेरिकी सेना

शनिबार, २६ असार २०७८, ११ : ४१
शनिबार, २६ असार २०७८

राष्ट्रपति जोभेनल मोसेको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको रक्षार्थ विदेशी सेनाको सहयोग मागेको छ । हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई यस्तो आग्रहसहित पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ । 

यसअघि हैटीको प्रहरीले २८ जना विदेशी बन्दूकधारीहरुको समूहले राष्ट्रपतिको हत्या गरेको जनाएको थियो । यी बन्दुकधारीहरुले भाडामा झिकाइएको प्रहरीले जनाएको थियो । 

राजधानी पोर्ट एयु प्रिन्समा भएको गोली हानाहानपछि ती बन्दूकधारीमध्ये १७ जनालाई अहिले हिरासतमा राखिएको छ । त्यस्तै, तीनजना शंकास्पदलाई प्रहरीले मारेको छ । 

अमेरिकाले सैनिक नपठाए पनि घटनाको छानबिनमा सहयोग गर्न एफबिआई र डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारीहरु पठाइने जनाएको छ । 

हैटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले स्वीकृति दिनुपर्ने हुन्छ । यस हत्याकाण्डपछि अहिले हैटीमा संकट सुरु भएको छ । हैटी उत्तर अमेरिकी महादेशकै सबैभन्दा गरिब देश हो । यहाँ अहिले संकटकाल घोषणा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप