सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यात्रुको छुटेको नगद र सुनका गहना  बुझाउने चालक सम्मानित

शनिबार, २६ असार २०७८, १० : २५
शनिबार, २६ असार २०७८

शुक्रबार एक यात्रुको छुटेको झोलमा राखिएको नगद र सुनका गहना प्रहरी कार्यालयमा आई बुझाउने दाङ्गका एक अटो चालकलाई प्रहरीले सम्मान गरेको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–७ निवासी मतिकला बुढा घोराही–१३ बसपार्कबाट तुल्सीपुरचोक सम्म रा १ ह २१५३ नम्वरको अटो चढेर जाने क्रममा आफ्नो कालो रंङ्गको झोला अटो मै  भुलेर हिँडेकी थिइन् ।

अटोका चालक घोराही –१३ बस्ने  २९ बर्षीय रामप्रसाद  झाँक्री मगरले झोलाभित्र ३७ हजार नगद र  १ तोला सुनको सिक्री देखेपछि जिल्ला प्रहरी कार्यालय दाङ्गमा बुुझाउन पुगेका थिए । उनले  प्रहरीकै रोहवरमा  सम्वन्धितलाई बुझाएकोमा सम्मान गरेको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप