शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आज दिनभर कर्णालीका पाँच जिल्लामा विद्युत अवरुद्ध हुने

शनिबार, २६ असार २०७८, ०९ : ३८
शनिबार, २६ असार २०७८

सुर्खेत । शनिबार कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । विहान ९ बजेदेखि विद्युत अवरुद्ध भएको हो । विद्युत प्राधिकरण शाखा सुर्खेतका अनुसार बेलुकी पाँच बजेसम्म पाँच वटै जिल्लामा विद्युत अवरुद्ध हुनेछ ।

कोहलपुर–सुर्खेत ३३ किभि प्रसारण लाइनमा बुस कटिङ अर्थात् रुखका हाँगाबिँगा हटाइने भएकाले  विद्युत् प्रवाह नहुने विद्युत् प्राधिकरण सुर्खेत शाखाका प्रमुख टंकराज गिरीले रातोपाटीलाई जानकारी दिए ।

उनले भने ,‘ अहिले ९ बजेदेखि साँझ ५ बजेसम्म सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा विद्युत् अवरुद्ध हुनेछ। कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन आसपासमा प्राधिकरणले रुखका हाँगा हटाउँदै आएको छ ।’ 

सबै जिल्लाको मुख्य लाईन एउटै भएकाले एक ठाउँमा विद्युत लाईन विग्रिएको खण्डमा सबै जिल्लामा अवरुद्ध हुने समस्या छ। पछिल्लो केही दिनदेखि कर्णालीमा विद्युत झ्याप्प झ्याप्प जाने–आउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप