आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बैतडीमा एकल पुरुषको भत्ता वृद्धि

शनिबार, २६ असार २०७८, ०९ : ३४
शनिबार, २६ असार २०७८

बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ ।  जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । 

नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए । 

नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । उनले भने,“एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका  हौं ।” मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् । 

यस्तै, नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ । आमा बुवा दुवै गुमाएका बालबालिकाको सहयोगका लागि भन्दै गएको तीन वर्ष यता टुहुरा बालबालिकालाई पनि भत्ता प्रदान गरिँदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ बालबालिका रहेका र उनीहरुलाई मासिक भत्ता दिँदै आएको उपप्रमुख ओझाको भनाइ छ । 

टुहुरा बालबालिकाको शिक्षादिक्षमा सहज होस भनेर भत्ता दिएको नगरप्रमुख कृष्णसिंह नायकले बताए । भत्ता पाउँदा जीवनयापन सहज भएको वडा नं ९ का एकल पुरुष शङ्करदत्त भट्टले बताए। मेलौलीले २०७५ सालबाट सो भत्ता दिन थालेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप