धारिलो हतियार प्रहार गरी दाइको हत्या
विराटनगरमा सोहदर भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् ।
भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
उनका अनुसार पारिवारिक विवादलाई लिएर राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ । गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पु¥याएको थियो ।
तर, अस्पताल पुर्याउनसाथ राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको जिसीले बताए ।
दाजुको हत्यामा संलग्न साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ गरेका बेला उनी रक्सीको नसामा लट्ठ रहेको प्रहरीले जनाएको छ ।
दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो । उनी आफै घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका सूचक रहेका भोला एक महिनाको तालिम सकेर उनी केही दिन अघि मात्रै विदा लिएर घर आएका थिए । दाजुको हत्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?