आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण रोकिएका परीक्षाहरु संचालन गर्दै प्रदेश लोकसेवा आयोग

शनिबार, २६ असार २०७८, ०८ : ४२
शनिबार, २६ असार २०७८

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले कोरोना संक्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु संचालन गर्ने सुचना जारी गरेको छ । 

आयोगको असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।

प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना संक्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशासन सेवा, सहायक प्रशासन /लेखा/लेखापाल समूहका पदहरुको दोस्रो चरणको लिखित परीक्षा कार्यक्रम तालिका प्रकाशन गरेको हो । 

पाँचौँ तह खुल्ला तर्फको स्वास्थ्यको एनेस्थेसिष्ट पदको परिक्षा पहिलो चरणको परिक्षा साउन ३० गते, चौथो तहका खुल्ला र समावेशी तर्फको प्रशासन सेवा, सहायक प्रशासन/लेखा/ लेखापाल समूहका पदहरुको दोस्रो चरणको लिखित परीक्षा कार्यक्रम आगामी भदौ ४ गते दोस्रो पत्र र ५ गते तेस्रो पत्रको परीक्षाका कार्यक्रम संचालन हुने बागमती प्रदेश लोक सेवा आयोग परीक्षा सञ्चालन शाखाले जनाएको छ । 

त्यस्तै पाँचौ तहको खुल्ला र समावेशी तर्फको प्रशासन सेवा, सहायक प्रशासन /लेखा/ लेखापाल समूहका पदहरुको दोस्रो चरणको लिखित परीक्षा कार्यक्रम भदौ ११ गते दोस्रो पत्र र भदौ १२ र १३ गते तेस्रो पत्रको परीक्षा​का कार्यक्रमहरु संचालन गरिने बागमती प्रदेश लोक सेवा आयोगका निमित्त सचिव भोला दाहालले जानकारी दिए ।
 
छैठौं तह खुल्ला र समावेशी तर्फको अधिकृत छैटौं प्रशासन सेवा, सहायक प्रशासन/ लेखा/लेखापाल समूहका दोस्रो चरणको दोस्रो पत्रको परिक्षा आगामी भदौ १७ गते, तेस्रो पत्रको परिक्षा भदौ १८ गते र चौथो पत्रको परिक्षा भदौ १९ र २० गते संचालन गरिने निमित्त सचिव दाहालले बताए । 

परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी संचालन हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप