आज रातिसम्म सहमतिमा पुग्ने गरी छलफल भैरहेको छ : रघुजी पन्त

नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलका सदस्य रघुजी पन्तले आजै रातिसम्ममा सहमतिमा पुग्ने गरी छलफल गरिरहेको बताएका छन् । आज कार्यदलको बैठक दिउँसोदेखि जारी छ । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ कार्यदल सदस्य रघुजी पन्तले कार्यदलमा छलफल सकारात्मक ढंगले अगाडि बढेको भन्दै आजै रातीसम्ममा सहमति हुनसक्ने दाबी गरे ।
उनले भने– ‘मस्यौदामा छलफल गर्यौं । मस्यौदामा हामीलाई लागेका सुझावहरु दियौँ । छलफल सकारात्मक ढंगले भएको छ । हाम्रो सुझावहरूलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्याउने प्रयत्न छ । पार्टी एकतालाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने बुँदाहरुमा हामीले आफ्ना धारणाहरूमा सहमति बनाउने प्रयत्न गरेका छौँ । साथीहरुले राखेका भावना, धारणा र विचारहरूलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ । सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ । छलफल चलिरहेको छ । त्यसलाई फाइनल रुप दिने प्रयास भइरहेको छ ।’
कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ । नेताहरुले हरेक दिन सहमतिको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)