आज रातिसम्म सहमतिमा पुग्ने गरी छलफल भैरहेको छ : रघुजी पन्त
नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलका सदस्य रघुजी पन्तले आजै रातिसम्ममा सहमतिमा पुग्ने गरी छलफल गरिरहेको बताएका छन् । आज कार्यदलको बैठक दिउँसोदेखि जारी छ । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ कार्यदल सदस्य रघुजी पन्तले कार्यदलमा छलफल सकारात्मक ढंगले अगाडि बढेको भन्दै आजै रातीसम्ममा सहमति हुनसक्ने दाबी गरे ।
उनले भने– ‘मस्यौदामा छलफल गर्यौं । मस्यौदामा हामीलाई लागेका सुझावहरु दियौँ । छलफल सकारात्मक ढंगले भएको छ । हाम्रो सुझावहरूलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्याउने प्रयत्न छ । पार्टी एकतालाई कसरी प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने बुँदाहरुमा हामीले आफ्ना धारणाहरूमा सहमति बनाउने प्रयत्न गरेका छौँ । साथीहरुले राखेका भावना, धारणा र विचारहरूलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ । सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ । छलफल चलिरहेको छ । त्यसलाई फाइनल रुप दिने प्रयास भइरहेको छ ।’
कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ । नेताहरुले हरेक दिन सहमतिको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण