बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल

शुक्रबार, २५ असार २०७८, १७ : ३७
शुक्रबार, २५ असार २०७८

नेपाली काँग्रेसको संस्थापन इतर पक्षका सभापतिका आकांक्षीबीच छलफल सुरु भएको छ । शुक्रबार अपराह्न चार बजेबाट बत्तिसपुतलीस्थित अनुपम फुडल्याडमा इतर पक्षका सभापतिका आकांक्षीहरुबीच छलफल चलिरहेको छ। । 

छलफलमा सभापतिका ८ जना आकांक्षी सहभागी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, नेताहरु, डा.शेखर कोइराला र सुजाता कोइरालाबीच छलफल चलिरहेको छ

पौडेल पक्षबाट सभापतिमा दाबी गरिरहेका युवा नेता कल्याण गुरुङलाई पनि छलफलमा बोलाइएको छैन ।  साझा धारणा र सहमति कायम गरी एकल उम्मेदवारको खोजीमा छलफल गर्न लागिएको केसीले रातोपाटीलाई बताए । 

पौडेल पक्षले यसअघि असार ११ गते पनि आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेर सभापति उम्मेदवारबारे छलफल गरेको थियो । त्यहाँ सिंहले आफू अगाडि बढिसकेको भन्दै पौडेललाई यसपटक समर्थन गर्न नसक्ने बताएका थिए । उक्त छलफलमा ८ जना नेताहरुले आफू सभापतिको आकांक्षी रहेको बताएका थिए ।

सिटौलाले मंगलबार आफू पक्षीय नेताहरुसँग छलफल गरेर सभापतिको तयारीमा रहेको बताएका थिए । पौडेल पक्षका शीर्ष नेताबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफल क्रियाशील सदस्यता सम्बन्धी विषयमा केन्द्रित रहेको महामन्त्री शशांक कोइरालाको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप