बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा विनियोजन विधेयक बहुमतले पारित

शुक्रबार, २५ असार २०७८, १७ : २०
शुक्रबार, २५ असार २०७८

प्रदेश १ सभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री  टङ्क आङ्बुहाङले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो । विधेयक पारित भएपछि आर्थिक वर्ष  २०७८–०७९ सुरु भएसँगै बजेट खर्च गर्ने बाटो खुलेको छ ।

 प्रतिपक्षी दल नेकपा माओवादीका प्रदेश सभासद् मोहनकुमार खड्काले पेस गरेको एकसय रुपैयाँ खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्षभन्दा सत्तारुढ दल एमालेकै प्रदेशसभा सदस्यहरूले कडा आलोचना गरेका थिए ।  

मुख्यमन्त्री र मन्त्रीहरूले  बजेट आ–आफ्नो अनुकूल ल्याएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए । प्रदेशसभा बैठकमा मन्त्रालयगत छलफल हिजो सकिएको थियो । त्यसपछि शुक्रबारको बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए ।

मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा सदस्यहरूले बजेटका थुप्रै सकारात्मक पक्ष हुँदाहुँदै स–साना नकारात्मक पक्षहरुलाई खोजी खोजी उछालेको भन्दै असन्तुष्टि जनाएका छन् ।  आर्थिक मामिला तथा योजना मन्त्री आङ्बुहाङले असार १ गते आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप