एनएमबिका ग्राहकलाई फुडमाण्डु र किरानामा क्यासब्याक
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरूमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । सोही उद्धेश्यले बैंकले द्विपक्षीय समझदारी गरेको छ ।
बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १०% वा रु. ५०० सम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको हो ।
बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाइट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
एनएमबि बैंकका हाल देशभर १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने