अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा
शुक्रबार, २५ असार २०७८, १६ : १०
पहिरोका कारण गए रातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो ।
सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहायताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताए । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनः सञ्चालनमा आएको हो । राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट अन्यत्रकै लागि छुटेका गाडी बीच बाटामै रोकिएका थिए । रोकिएका गाडी र यात्रु राजमार्ग पुनः सञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । पहिरोका कारणले उक्त राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या