बंगलादेशको एक कारखानामा आगलागी, ४९ जनाको मृत्यु
शुक्रबार, २५ असार २०७८, १६ : ०७

बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ । बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो ।
बिहिबार बेलुका रुपगंजको एक फुड एण्ड बेवरेज कारखानाको भवनमा आगलागी भएको हो ।
दमकल विभागका उप–निर्देशक देवाशीष वर्धनले बीबीसीसँगको कुराकानीमा भने, ‘कम्तीमा ४९ जनाको शव भेटिएको छ ।’
उनले उद्धारकार्य जारी रहेको बताएका छन् ।
देबीशीष वर्धनले मृत्युको संख्या बढ्न सक्ने बताएको छ ।
रुपगंज पुलिस स्टेशनका एक प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीमा कारखानामा काम गर्ने मानिसहरु ठूलो संख्यामा त्यहाँ जम्मा भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?