दैनिक ५ अर्ब बढी राजस्व उठाउँदै सरकार

आर्थिक वर्ष सकिन एक साता पनि छैन । यस बिचमा सरकारको राजस्व उठ्ने क्रम भने बढिरहेको छ । दैनिक ५ अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्न थालेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हिजो मात्र सरकारको ढुकुटीमा ५ अर्ब ६९ करोड रुपैयाँ थपिएको छ । सरकारको ढुकुटीमा असारको २४ दिनमा ५८ अर्ब ३० करोड ११ लाख रुपैयाँ राजस्व आएको छ । असार मसान्तसम्म आर्थिक वर्षको कर तिर्ने अन्तिम समय पनि भएकाले यस महिना धेरै राजस्व उठ्ने गरेको छ । गत जेठमा ५१ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठेको थियो । गत वर्ष असार २४ गतेसम्म ७ खर्ब १७ अर्ब ५ करोड ९४ लाख रुपैयाँ राजस्व उठेको थियो
। सो वर्ष असारको २४ दिनमा ६७ अर्ब बढी राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कमा छ । यस आधारमा हेर्दा गत वर्षको यसै अवधिको तुलनामा बढी राजस्व उठेको देखिन्छ ।
सरकारले चालु आर्थिक वर्ष ८ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८६.१६ प्रतिशत हो । यो कर तथा गैर कर आम्दानी हो । सरकारले यो वर्ष १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य बजेट मार्फत लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु