प्रधानमन्त्रीद्वारा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक लाख राशिका ‘भगत सर्वजित् मानव मर्यादा राष्ट्रिय पुरस्कार’, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार’, ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ आदि पुरस्कार प्रदान गरेका हुन् ।
ती पुरस्कार चयनका लागि गठित विभिन्न चयन समितिको सिफारिसका आधारमा गत वैशाख ५ गते पुरस्कार पाउने प्रतिभा घोषणा गरिएको थियो । महाकवि देवकोटा पुरस्कार साहित्यका विभिन्न विधामा गरी पाँच स्रष्टालाई तथा प्रदेशगत आधारमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ बाट विभिन्न विधामा स्रष्टालाई पुरस्कृत गरिएको थियो । सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’ पुरनसिंह दयाल, बैतडी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जागरण मिडिया सेन्टरलाई प्रदान गरियो ।
‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ प्राडा देवीप्रसाद सुवेदी, लमजुङ र स्नेह सायमी, काठमाडौँलाई दिइयो । महाकवि देवकोटा राष्ट्रिय पुरस्कार त्रिलोचन आचार्य, ठाकुरप्रसाद पराजुली, रामभरोस कापडी भ्रमर, बुँद राना र मोहन दुवाललाई प्रदान गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा