शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

‘फाइटर’मा ऋतिक र दीपिका

शुक्रबार, २५ असार २०७८, १२ : ४४
शुक्रबार, २५ असार २०७८

मुम्बई । अभिनेता ऋतिक रोशन फिल्म ‘ब्यांग ब्यांंग’ र ‘वार’ पछि निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘फाइटर’मा देखिँदैछन् । फिल्ममा ऋतिकको जोडीका रुपमा दीपिका पादुकोण देखिने भएकी छन् ।

ऋतिक र दीपिका पहिलो पटक जोडीका रुपमा यो फिल्ममा देखिन लागेका हुन् । हालै फिल्मको अफिसियल घोषणा क्रिटिक्स तरण आदर्शले गरेका छन् । फिल्मको रिलिज मिति ३० सेप्टेम्बर २०२२ बताइएको छ ।

यो भारतको पहिलो एरियल एक्सन फ्रेन्चाई फाइटर फिल्म हो । फिल्म वायकोम १८ स्टुडियो, ममता आनन्द, रमोन छिब र अंकु पाण्डेले निर्माण गर्न लागेका हुन् । विश्वका कयौ लोकेशनमा खिचिने बताइएको फिल्मको कथा सशस्त्र सेनाको देशप्रेम, त्यग र विरतामा आधारित रहनेछ ।

ऋतिकले गत १० जनवरीमा आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको घोषणा गरेका थिए । सो समय फिल्मको एक टिजर समेत सार्वजनिक गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप