बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दिलिप कुमारको निधन भएको दिन नीतू कपुरले मनाइन् जन्मदिन, कमाल खानले सोधे, ‘उनको पनि इज्जत छैन भने कसको ?’

शुक्रबार, २५ असार २०७८, १२ : ४३
शुक्रबार, २५ असार २०७८

बलिउड सेलिब्रिटीमा धेरैजसो असंवेदहीन भएको आरोप लाग्ने गर्छ किनभने उनीहरु आफूले नै यस्ता धेरै क्रियाकलाप गर्ने गर्छन् । ताजा घटना दिलिप कुमारको निधनसँग सम्बन्धित छ । भारतका थुप्रै मानिस दिलिप कुमारको निधनमा शोकाकूल थिए तर त्यसै दिन नीतू कपुरले आफ्नो जन्मदिनको पार्टी आयोजना गरिन्, यसको फोटो सोसल मिडियामा पनि भाइरल भए । यो संवेदनहीनतामा कमाल खानले प्रश्न उठाएका छन् ।

प्रश्न यो कि इज्जत कसको ?

कमाले पोस्टमा लेखेका छन्, ‘बिहान दिलिप कुमार साहबको निधन भयो ! बेलुका करिब ५ बजे अन्त्येष्टि गरियो । र राती ९ बजे बलिउडले नीतू कपुरजीको जन्मदिनको पार्टीको मजा लियो । मैले नितू जी गलत हुनुहुन्छ भनेर भन्न खोजेको होइन वा उनको आफ्नो जन्मदिन मनाउन हुँदैन पनि भन्न खोजिएको होइन । तर यदि दिलिप साहबका लागि इज्जत छैन भने अरु कसको इज्जत छ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप