शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पौडेल समूहका ७ जना सभापतिका आकाङ्क्षीबीच साझा उम्मेदवारको खोजी

शुक्रबार, २५ असार २०७८, १२ : ४१
शुक्रबार, २५ असार २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिका आकाङ्क्षीबीच छलफल हुने भएको छ । शुक्रवार अपराह्न चार बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल समूहका सभापतिका आकाङ्क्षीहरूबीच छलफल हुन लागेको हो । १३ औँ महाधिवेशनमा महामन्त्रीका प्रत्याशी अर्जुननरसिंह केसीको अग्रसरतामा पौडेल पक्षका सभापतिका ८ जना आकाङ्क्षीबीच छलफल हुन लागेको बुझिएको छ ।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र डा.रामशरण महत, नेताहरू, डा. शेखर कोइराला र सुजाता कोइराला सहभागी हुने छन् । पौडेल पक्षबाट सभापतिमा दाबी गरिरहेका युवा नेता कल्याण गुरुङलाई पनि छलफलमा छलफलमा बोलाइएको छैन । साझा धारणा र सहमति कायम गरी एकल उम्मेदवारको खोजीमा छलफल गर्न लागिको केसीले रातोपाटीलाई बताए ।

पौडेल पक्षले यसअघि असार ११ गते पनि आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेर सभापति उम्मेदवारबारे छलफल गरेको थियो । त्यहाँ सिंहले आफू अगाडि बढिसकेको भन्दै पौडेललाई यस पटक समर्थन गर्न नसक्ने बताएका थिए । उक्त छलफलमा ८ जना नेताहरूले आफू सभापतिको आकाङ्क्षी रहको बताएका थिए । पौडेल पक्षका शीर्ष नेताबीच बिहीबार पनि छलफल भएको थियो । बिहीबारको छलफल क्रियाशील सदस्यता सम्बन्धी केन्द्रित रहेको महामन्त्री शशाङ्क कोइरालाको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप