सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

मोरङमा ब्राउन सुगरसहित ३ जना पक्राउ

शुक्रबार, २५ असार २०७८, १२ : १८
शुक्रबार, २५ असार २०७८

मोरङको बेलबारी नगरपालिका १ गाईघाट टोलबाट  दुई महिलासहित तीन जना लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका छन् ।

४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका प्रहरीले जनाएको छ। हिजो बेलुका साढे ७ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खानतलासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ। पक्राउ परेका तिनै जना उपर इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप