आमा यो सरकार भनेको को हो ?

person explore access_timeअसार २५, २०७८ chat_bubble_outline0

विकास खोज्ने मेरो गाउँमा दमन पुग्यो रे
हलो जोत्ने साने दाइलाई गोली ठोकियो रे
चेलीबेटी चल्लीबिल्ली कस्तो अनर्थ भो
यो सरकारलाई के मात लाग्यो, अब के हुने हो ?

विश्वभक्त दुलाल ‘आहुति’ले लेख्नुभएको यो गीत गुनगुनाउँदै दाउराको भारी मिलाउँदै गरेकी मेरी आमालार्ई म आफ्नो सानो डोकोमा सकी नसकी नाम्लो मिलाउन छोडेर गीतको हरफ टिप्दै सोध्छु ‘आमा यो सरकार भनेको को हो ?’

झन्डै दुई दशकभन्दा अगाडि चैत महिनाको दिन जङ्गलमा दाउराको भारी मिलाउँदै गरेकी मेरी आमालार्ई मैले सोधेको प्रश्न हो यो । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिक सत्र कुरेर बसेकी फुर्सदिलो म । आमासँगै दाउरा र घासको भारी बोक्न पछिपछि लागेर हिँड्थेँ । हाम्रोतिर वर्षा लाग्नुभन्दा अगाडि नै दाउरा थुपारे राख्ने चलन थियो । त्यसैले फागुन र चैत महिनाका आमाका बिहानहरू जङ्गलमा बित्थे । दिउँसोको चर्को घाम छल्न आमा प्रायः बिहान झिसमिसेमै सबै काम सकेर जङ्गल पुग्नु हुन्थ्यो । मैले सारै दुःख दिएपछि आमाले मेरा लागि खड्का बासँग सानो डोको बनाई माग्नुभएको थियो । मैले आफ्नै डोको बोक्न पाएको त्यो पहिलो दिन थियो ।

एकसुरले भारी लगाउँदै गरेकी मेरी आमालार्ई मेरो प्रश्नले पुलुक्क मलार्ई एक नजर लगाउने बनायो । आमाको नजरलार्ई फेरि प्रतिप्रश्न गर्दै मैले सोधेँ ‘को हो क्या यो सरकार भनेको ? अनि किन मातेको भनेको त ? आमा हातमा भएको दाउरा डिकोमा राखिसकेपछि एकछिन टक्क अडिनु भयो । आमाको शान्त प्रतिक्रिया तोड्दै र अनुहारको भावदेखि डराउँदै बिस्तारै फेरि सोधेँ, ‘सरकारलार्ई मात लागेको छ । अब के हुने हो भन्या हैन गीतमा ?’ आज बुझ्न सक्छु म आमाको त्यो शान्त प्रतिक्रियाको भाव । त्यसबखत राज्यपक्षबाट मारेको भाइको आलो घाउ र जेल पर्नुभएको बुबाको अशुभ समचार आउँछ कि माइती गाउँबाट भन्ने पीरले पोलेको रहेको रहेछ ।

आमाले यस्ता खाले गीतहरू धेरै गाउनुहुन्थ्यो । यो गीत पनि धेरै पटक गाएको सुनेको थिएँ । केही हरफ मेरो बाल मस्तिष्कमा छापिएका थिए । तर यसरी गीतमाथिको प्रश्न पहिलो थियो । आमाले छ वर्षकी छोरीबाट सायद यस्ता प्रश्नको अपेक्षा गर्नु भएको थिएन । मैले धेरैथरी नाम गरेका मान्छेहरू मातेको देखेसुनेको थिएँ । तर आमाले गाउने गीतमा बाहेक यो सरकार मतेको सुनेकी र देखेकी थिइनँ । त्यसैले सोधेकी थिएँ ।

‘देश चलाउनेलार्ई सरकार भन्छन् क्या ।’ आमाले मेरा हातमा भएको सानो डोको खोस्दै भन्नुभयो । ‘सरकार रक्सी खाएर मातेको भनेको होइन । रक्सी खाएर होस गुमाएको मान्छेले जस्तो मनलाग्दी ग¥यो भनेको हो । हामी जस्तो मान्छेलार्ई जनाता भन्छन् । जनतालार्ई दुःख दियो भनेको हो । दाउराका चोइटाचाइटी मेरो डोकोमा राख्दै आमा भन्दै हुनुहुन्थ्यो । लुटपाट, कुटपिट, लडाइँ, मान्छे मार्ने ग¥यो, होस गुमाए जसरी जनातालार्ई दुःख दियो भनेको हो । हामीलार्ई दिनरात हेर कति दुःख दिएको छ ।’

आमाले बोलेको अन्तिम वाक्यले सरकार भनेको को हो र कसरी मातेको छ भन्ने केही हदसम्म बुझ्न समर्थ भएँ । कुरा भोगाइको न थियो, सायद यही भएर भनिएको होला पढेरभन्दा परेर बढी जानिन्छ । आमाले मेरो बाल मस्तिष्कलार्ई मध्यनजर गर्दै जवाफ दिनुभएको थियो । हामीले दैनिक भोगेका दुःख, मर्ने र बाँच्ने बेठेगान जिन्दगी मेरो आँखा अगाडि झलझल्ती आयो । हामी सधैँ त्रिपक्षीय चपेटामा बाचिरहेका हुन्थ्यौँ । कहिलेकाहीँ त एकै दिन सेना, प्रहरी र मओवादी त्रिपक्षीय होम भिजिट हुन्थ्यो । धेरै पटक दुई चार मिनेटको फरकले गर्दा बाँचेका थियौँ ।

हामीले भोगेका दुःख अरूले भोगेको स्तरको भन्दा फिक्का लाग्ने हुन सक्छ । त्यो बेला जनताले दुवै पक्षबाट पाएका दुःख र भौतिक, सामाजिक, आर्थिक, मानासिक पीडा, क्षति अनि दमनको बोध राम्रैसँग छ ।

अहिले पनि दुई दशकभन्दा पहिलेकै जस्तो सरकार चिन्न प्रयास गरेकी हुँ । त्यस्तै प्रश्न आज पनि चिच्याएर सोध्न मन लाग्छ । आमा सरकार कहाँ छ ?’ छन त यत्रतत्र छ, तीन तहमा छ तर त्यसको आभास कहाँ छ ? दुई दशकभन्दा अगाडि तपाईंले गीतमा गाएजस्तै चेलीबेटीहरू चिल्लबिल्ल छन् । कहिले निर्मला, कहिले सुस्मिता कहिले भागरथी कहिले सविता कहिले सुजिताको जस्तै अनगन्ती चिच्याहट गुन्जिरहन्छ । कुन दिन तिम्रै छोरीको पालो नपर्ला भन्न सकिन्न । त्यत्रो द्वन्द्वबाट त बाचायौ, नयाँ जीवन दियौ तिमीले अब सुशासन र गणतन्त्रबाट सुरक्षित गर्न नसक्ने स्थिति छ । प्रत्येक दिन एउटी आफूजस्तै छोरी, चेली, बुहारीको हत्या, बलत्कार, हराइरहेको समचारले मन छियाछिया बनाउँछ अनि फेरि म सरकार खोज्छु आमा ।

सरकार छ आमा ! अदालतको आदेश कुरेर बसेको छ । सरकार अदालत धाइरहेछ । घरि विघटन हुन्छ घरि पुनस्र्थापनाको खुसीमा लड्डु खान्छ । लड्डु खाएको केही दिनमा फेरि जिल खान्छ । सरकार खाइरहेछ आमा । वर्षाले देश बगाइराछ, सरकार मन्त्री बढाइराछ, मन्त्री दोषी छुटाउन धाइरहेको छ । अदालतले मन्त्री खाइरहेको छ । सरकारबाट केही न केही भइराछ आमा । कक

दुई दशकभन्दा अगाडि तिमीले परिभाषित गरेको सरकारको अर्थ र बहुलापनको सार म अहिलेको सरकारमा पनि हुबहु भेट्टाउँछु आमा । उहिले शब्द चिन्न खोजेकी थिएँ अहिले अर्थ लगाउन खोज्दा उही अनुहार देख्छु । हाम्रो दुःख उही छ । पहिले बमवारुद भएर बर्सिन्थ्यो, अहिले भूकम्प, लकडाउन, कोरोना, बाढीपहिरो भएर बर्सिन्छ । प्रत्येक वर्ष प्राकृतिक विपत्तिले देश रुन्छ । नयाँ भेरिएन्ट आउँछ । अक्सिजन आउँदैन, ऋण बढिरहन्छ । सरकार हेरिरहन्छ, मन्त्री फेरिरहन्छ । शासन व्यवस्थाको स्वरूप फेरिएको रहेछ प्रवृत्ति उही त रहेछ त आमा ।

सरकार चुच्चे नक्सा छाप्छ । पदक दिँदा नक्सा बिर्सन्छ । गोप्य रूपमा गोयल भेट्छ, लम्पसार पर्छ । खोपमा कमिसन खान्छ, उखान टुक्का भन्छ, हसाउँछ । सरकार मनोरञ्जन गराइरन्छ । अनिश्चितताको घाउले पोलिरहेछ, सरकार आफै रोइरहेछ । उसले कसरी हाम्रो आँशु पुस्छ आमा ? विपक्षीहरू हेरिरहेका छन्, पक्ष भनिने फुटिरहेका छन्, फेरिरहेका छन् । कसैका सरकार सरकारमै छन्, कसैका सरकार हेरिरहेका छन्– अदालतको दैलोतिर । सरकारहरू नाङ्गो नाच नाचिरहेका छन् ।

कोही ‘आई लभ यू फलानो भन्छन् । आचीमा बासना आइरहेको भन्छन् । हामी हाम्रो सरकार भनिरहेका छौँ । म मात्र सर्वोपरि सरकार हो भनिरहेको छ । भोट दिने आफ्नै हात कुच्याउन मन लाग्छ ।

भन त आमा त्यो सरकार र यो सरकारमा के फरक छ ? उहिले एउटा सरकार थियो अहिले हजारौँ छन्, टोलटोलमा छन् । हिजो एउटाले चुस्थ्यो अहिले हजारौँले चुसिरहेका छन् । जनताले रगत बगाएर ल्याको सरकार हो । फरक त छ नि हैन ? यस्तै सरकारका लागि भनेर हो ? तिम्रो भाइ सहिद भएको, बाबा जेल गएको, बैनीले बन्दुक बोकेको, जनताका निर्दोष छोराछोरीले ज्यानको आहुति दिएको ?

हिजो तिम्रो– हाम्रो टाउकोको मूल्य तोकिन्थ्यो, आज अभाव, गरिबी, भोकमरी, महँगी, बोरोजगारीले घाँटी रेटिन्छ । हो फरक त भेटिराछु । संविधान बन्यो, कानुनहरू बने तर तिमीले उहिले परिभाषित गरेको सरकार र अहिलेको सरकारको व्याख्या उस्तै भेट्छु नि आमा । के सरकार भनेको दशकौसम्म पनि सधैँ यस्तै– उस्तै हुने हो ? शासन स्वरूप फेरिने, व्यवस्था फेरिने, प्रवृत्ति नफेरिने ? अनि सरकार उस्तै हुने ? हाम्रो दुःख उही हुने । हामी सधैँ अनिश्चिततामा बाँचिरहनुपर्ने ? अझै कति दशक हामीले यस्तै दुःख झेलिरहनुपर्ने आमा ?

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।