शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निःसन्तानको समस्या महिलामा मात्रै होइन पुरुषमा पनि उत्तिकै हुन्छः डा. सुमि मुनंकर्मी

आईभीएफसँगै समग्र प्रजनन स्वास्थ्यको उपचारमा वात्सल्य

शुक्रबार, २५ असार २०७८, ११ : ५१
शुक्रबार, २५ असार २०७८

काठमाडौँ– हरेक दम्पतीमा सन्तान प्राप्तिको चाहना हुन्छ । सन्तान प्राप्तिको इच्छा भएर पनि सबै दम्पतीले सन्तान जन्माउने चाहना पूरा नहुन सक्छ । तर समयमै समस्याको पहिचान गर्न सकेमा यसको निदान सम्भव छ । सन्तानविहीन हरेक दम्पती आमा बाबु बन्न सक्छन् ।

सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ । यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको करणबाट पनि हुन सक्ने स्त्रीरोग विषेशज्ञहरू बताउँछन् ।

विशेषज्ञ सेवा नलिई श्रीमान् वा श्रीमतीमध्ये कसमा स्वास्थ्य समस्या छ भनेर पत्ता लगाउन सम्भव हुन्छ । परिवार र समुदायमा किन सन्तान जन्मिएन भनेर विशेषज्ञबाट स्वास्थ्य परीक्षण नगरी अन्धविश्वासमा परेर घरेलु उपचार गरेको पाइन्छ । निःसन्तान दम्पतीले विशेषज्ञ सेवा लिएर यस्तो समस्याको समयमै पहिचान गरी उपचार गरे सन्तान जन्माउन सम्भव हुन्छ ।

विश्वमा सन्तान प्राप्तिका लागि विभिन्न विधि अपनाइएको छ । नेपालमा पनि सन्तान प्राप्तिका लागि आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) अर्थात् टेस्टट्युब बेबी अवधारणको विकास भइसकेको छ । आजभोलि सन्तान नहुने दम्पतीहरू आईभीएफ सेवाका लागि विभिन्न अस्पताल तथा आईभीएफ सेन्टर धाउने गरेको पाइन्छ । धेरैलाई आईभीएफबारे जानकारी नहुन सक्छ । सन्तान नभएकै कारण परिवार अनि समाजमा अनेकन समस्या झेल्दै बस्नुपरेको पनि हुन सक्छ । त्यसैले हामीले आईभीएफ भनेको के हो ? सन्तान प्राप्तिमा यो पद्धति कत्तिको उपयोगी छ भन्नबारे नेपालमा आईभीएफ तथा नेचुरल फर्टिलिटी सेवा उपलब्ध गराउँदै आइरहेको वात्सल्य नेचुरल आईभीएफ सेन्टरकी स्त्री रोग विशेषज्ञ तथा आईभीएफ विशेषज्ञ डा. सुमि मुनंकर्मीसँग बुझ्ने प्रयास गरेका छौँ ।

सन्तान प्राप्तिका लागि आईभीएफ

कुनै दम्पतीले सन्तान जन्माउने चाहना हुँदाहुँदै पनि बच्चा भएन भने त्यसलाई निःसन्तान अर्थात् (बाँझोपन) भनिन्छ ।

कतिपयले दम्पतीले ३५ वर्ष उमेर कटेपछि निःसन्तानपनको समस्या झलेको हुन सक्छन् । निःसन्तान अर्थात् बाँझोपन विभिन्न कारणले हुन्छ । यो समस्या उपचार गरेमा सन्तान हुने सम्भावना बढी हुन्छ । बाँझोपनलाई महिलाको मात्रै समस्या भनेर हेर्ने गरे पनि यो वास्तवमा महिला पुरुष दुवैमा हुन सक्छ । कुनै एक जनाको कारणले वा दुवै जनामा भएको समस्याले बच्चा नभएको हुन सक्छ । यो समस्याको खोजी गरी उपचार गरेमा बच्चा जन्माउन सकिन्छ ।

कतिपयलाई सामान्य औषधिको सेवनबाटै बच्चा रहन सक्छ भने कतिपयलाई प्रविधिमा आधारित भएर उपचार गरी बच्चा प्राप्ति गर्न सक्छन् । सन्तान प्राप्तिका लागि नेपालमा अहिले उपलब्ध आईभीएफ प्रविधि निकै सहयोगी सिद्ध भएको छ । सन्तान प्राप्तिका लागि आईभीएफ सर्वश्रेष्ठ प्रविधिका रूपमा विकास भएको छ । आईभीएफ एक आधुनिक र नयाँ प्रविधि हो । विश्वभरि नै यस प्रविधिको प्रयोग हुँदै आएको छ ।

नेपालमा आईभीएफ प्रविधि भित्रिएको समय थोरै भए पनि यसबारे धेरै निःसन्तानले चासो देखाउन थालेका छन् । एकै दिनमा ५० देखि ६० जनासम्म यो सेवाका लागि वात्सल्य आउने गरेको स्त्री रोग विशेषज्ञ तथा आईभीएफ विशेषज्ञ डा. नुमाकर्मी बताउँछिन् । निःसन्तानको समस्या लिएर अस्पताल धाउने दम्पतीहरूका लागि आईभीएफ अचुक औषधिका रूपमा साबित हुन सक्ने विशेषज्ञहरू बताउँछन् ।

आईभीएफ अर्थात इन भिट्रो फर्टिलाइजेसन । भिट्रो भनेको ल्याटिन भाषमा ग्लास अर्थात् सिसा भन्ने बुझिन्छ । ग्लासमा राखेर बच्चा बनाउने प्रक्रियालाई नै टेस्टट्युब बेबी भनिन्छ ।

इन भिट्रो फर्टिलाइजेसमा सर्वप्रथम महिलाको शरीरबाट अण्डा बाहिर निकालिन्छ र पुरुषको शरीरबाट शुक्रकिट निकालेर बाहिर ल्याबमा ग्लासभित्र फर्टिलाइजेसन गर्ने काम हुन्छ । त्यसबाट भ्रूण बन्छ । भ्रूणलाई शरीरबाहिर बनाउने प्रक्रिया नै आईभीएफ हो । ग्लासमा (ल्याबमा) भ्रूण बनिसकेपछि उक्त भ्रूणलाई महिलाको पाठेघरमा राखेर सामान्य अवस्थामा फर्काइन्छ ।

हालसम्म आईभीएफ निकै राम्रो प्रविधिमा पर्छ । महिलाको उमेर, रोगलगायतले यसको सफलतालाई निश्चित गर्छ । महिला भनेका जन्मँदै अण्डको भण्डार लिएर जन्मिएका हुन्छन् । जति उमेर बढ्दै गयो उति अण्डा नष्ट हुँदै जान्छ र सन्तान बन्ने सम्भावना कम हुँदै जाने डा. नुमाकर्मी बताउँछिन् ।

‘हरेक पटक महिनावारी हुँदा केही न केही अण्डा खसिरहेका हुन्छन्,’ उनी भन्छिन्, ‘पाठेघरमा उत्पादन हुने अण्डा नष्ट भएर फुट्ने र बाहिर निस्किने प्रक्रिया नै महिनावारी हो ।’

 ३५ वर्षपछि महिलाको शरीरमा अण्डाको मात्रा पनि कम हुँदै जान्छ र त्यसको गुणस्तर पनि कम हुन्छ । जसको कारण बच्चा बन्ने प्रक्रियामा बाधा पुग्छ । सोही प्रक्रिया पुरुषमा पनि लागू हुन्छ ।

‘निःसन्तान’ अर्थात् बाँझोपन

नेपालको सन्दर्भमा धेरै युवा विदेशिन्छन् अर्थात् सन्तान जन्माउने उमेरमा विदेशिनु बाँझोपनको प्रमुख कारणको रूपमा देखिएको छ ।

कतिपयमा भने ३५ वर्षपछि वा ढिलो सन्तानको चाहना हुनु वा ढिला विवाह गर्नु पनि अर्को कारण बनेको छ । ३० वर्षभित्र महिलाको शरीर जुन प्रकारले प्रजनन स्वास्थ्यका लागि तयार हुन्छ त्यसपछि यसमा विस्तारै ह्रास आउँदै जान्छ । यसले गर्दा कतिपय दम्पतीमा सन्तान प्राप्तिको चाहना पूरा नहुन पनि सक्छ ।

सन्तान प्राप्तिका लागि महिलाको शरीरमा भएको पाठेघर, डिम्बासय र नलीले राम्रोसँग काम गर्नुपर्ने उनी बताउँछिन् । ‘केही कारणवश यी तिनै अङ्गले काम नगरेको अवस्थामा बच्चा बन्ने प्रक्रिया अगाडि बढ्न सक्दैन । डिम्बासयमा समयमा अण्डको उत्पादन भई समयमै नलीमा झर्ने पक्रिया हुन्छ, उक्त समयमा शुक्रकिटसँगको मिलन भएमा सन्तान प्राप्तिको प्रक्रिया सुरु हुन्छ । महिलाको पाठेघरको नलीमा फर्टिलाइजेसन भएको भ्रूण पाठेघरमा गएर टाँसिन्छ । त्यसपछि मात्रै महिलामा गर्भधारण भएको पक्का हुन्छ ।’ उनी भन्छिन् ।

कतिपय अवस्थामा पाठेघर, डिम्बासय तथा नलीको समस्याले गर्भधारण नभएको हुन सक्छ । भने कतिपय अवस्थामा पुरुषमा शुक्रकिटको कमी हुन पनि सक्छ । यसको कारण गर्भाधानमा समस्या  देखिन्छ । राम्रो बनावटको शुक्रकिट नभएको खण्डमा पनि यसले काम नगर्न सक्छ । यसबाहेक अन्य रोगहरूका कारण पनि गर्भाधान नहुन सक्छ । कतिपयमा हर्मोनको समस्या हुन्छ । जस्तै आजभोलि धेरैमा थाइराइडको समस्या देखिएको छ । शरीरमा थाइराइड हर्मोनमा गडबडी हुँदा पनि गर्भाधानमा समस्या देखिन्छ । विभिन्न कारणहरूले गर्दा प्रजननमा समस्या पैदा गर्छ ।

वात्सल्यको सेवा

आईभीएफ मात्रै वात्सल्यको सेवा होइन, समग्र प्रजनन स्वास्थ्यको उपचार वात्सल्यमा हुन्छ । सन्तान प्राप्ति नहुनुको पछाडि महिलाको मात्रै समस्या नहुने उनले सुनाइन् । सन्तान नहुनुमा पुरुषमा पनि समस्या हुन सक्छ । वात्सल्यले सर्वप्रथम कारण पत्ता लगाउने काम गर्छ । सन्तान नहुनुको पछाडिको कारण पत्ता लगाएपछि मात्रै उपचारबाटै सन्तान हुने सम्भावना भएमा सोही प्रक्रियामा गएर उपचार सुरु गरिने उनले बताइन् । यदि उपचारबाट सम्भाव नहुने रहेछ भने आईभीएफ प्रविधिमा जानुपर्ने हुन्छ ।

वात्सल्यले उच्च गुणस्तर र नयाँ प्रविधिहरू भित्र्याएको छ । कतिपय महिलाको नली (ट्युब)मा बच्चा बन्ने प्रक्रियामा समस्या हुन सक्छ । नली बन्द भएको अवस्थामा बच्चा नबन्ने समस्या हुन्छ । यसका लागि हाइकोजी प्रविधिको प्रयोग गरेर नली खुलाउने काम गरिन्छ ।

त्यसैगरी कतिपय महिलामा अण्डा उत्पादन नै कम हुन्छ भने गुणस्तरीय अण्डा उत्पादन अण्डाको भण्डार नै सुक्न सक्ने सम्भावना हुने उनको भनाइ छ ।  यस्तो अवस्थामा पुरुषको शुक्रकिट र महिलाको अण्डा डोनरबाट लिन पनि सकिन्छ ।

काठमाडौँको नक्सालस्थित नारायणचौरमा अवस्थित वात्सल्यले आईभीएफसँगै प्रजनन स्वास्थ्यबारे सम्पूर्ण समस्याको उपचार सेवा दिइने उनले जानकारीसमेत दिइन् । वात्सल्यबाट सन्तान जन्माउन चाहने दम्पतीका लागि पहिला प्रि–कन्सेप्चुअल काउन्सिलको सेवा दिइने उनले सुनाइन् ।

‘सन्तान प्राप्तिका लागि तयार दम्पतीले आफू त्यसका लागि तयार छु कि छैन र कुनै समस्या छ कि छैन भनेर विशेषज्ञ चिकित्सकको परामर्शसँगै उपचारमा आउँछन्,’ उनी भन्छिन्, ‘स्वस्थ बच्चा जन्माउनका लागि वात्सल्यले काउन्सेलिङदेखि प्रजनन स्वस्थ्यको हेरचाहमा हरपल सहयोगीको भूमिका खेल्छ ।’  ब

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप