खोलाले बगाएर बेपत्ता एक जना मृत फेला
शुक्रबार, २५ असार २०७८, १० : ४०
खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् ।
जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।
बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन ।
आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ कसुरका सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा
-
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
-
५.६० अंकले घट्यो सेयर बजार, ४ अर्ब २७ करोडको कारोबार
-
चार महिनामा ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
-
२२६ रनको शानदार जितसँगै एक खेलअगावै नेपाललाई हङ्कङविरुद्धको शृङ्खला