पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जान लागेका छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन् ।
लेखराज भट्ट भने विरामी भएका जान नसक्ने पूर्व माओवादी नेता मणि थापाले बताए । अधिवक्ता सरोज बुढाथोकीले बुधबार आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए ।
थापाले रातोपाटीलाई भने, 'हामीले निवेदन दर्ता गराएका थियौं । आयोगले के गर्दै छ भनेर बुझ्न निर्वाचन आयोग जान लागेका छौं ।' पूर्व माओवादी नेता साह, रायमाझी, भट्ट र चौधरी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
उनीहरु दलबदल गरी नेकपा एमालेमा प्रवेश गरेपछि माओवादी पार्टीले कारवाही गरेको थियो । माओवादीबाट कारवाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो । उनीहरुले आफूमाथि गरिएको कारवाही अवैधानिक रहेकोमात्र नभई माओवादी केन्द्र नै अवैधानिक रहेको दावी अधिवक्ता बुढाथोकीका नामबाट दर्ता भएको निवेदनमार्फत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी