बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बाइडेनले गरेको अमेरिकी सेना फर्काउने निर्णयको बचाउ, तालिवानले कब्जा गर्न थाल्यो अफगानिस्तान

शुक्रबार, २५ असार २०७८, ०९ : ३४
शुक्रबार, २५ असार २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् । उनले ३१ अगस्टबाट अफगानिस्तानमा अमेरिकाको सैन्य अपरेशन समाप्त हुने पनि बताए । 

अमेरिकी सेनाको बर्हिगमन तिव्र गतिमा भइरहेको भन्दै उनले यसको पनि प्रशंसा गरे । अफगानिस्तान युद्ध सुरु भएयता अमेरिकामा चार राष्ट्रपति फेरिए पनि अमेरिकी सैनिकहरु अझै अफगानिस्तानमा छन् । 

सन् २००१ मा जर्ज डब्ल्यू बुसको नेतृत्वमा युद्ध सुरु भएको  थियो  । त्यसयता बाराक ओबामा र डोनाल्ड ट्रम्प सेना फिर्ता गर्न असफल रहे । यद्यपी, ट्रम्प कार्यकालमै सेना फिर्ता गर्ने विषयमा तालिवान सँग सहमति बनेको थियो , त्यस सहमतिमा मेइ २०२१ सम्म सेना फर्काउने विषय उल्लेख थियो । 

जनवरीमा बाइडेन राष्ट्रपति बनेपछि उनले नयाँ समयसीमा तोके । बाइडेनले सेना फर्काउने विषयको प्रशंसा गरिरहेका बेला तालिवानी सैन्य समूहहरूले भने फेरि देशका भूभाग कब्जा गर्न थालिसकेका छन् । 

अमेरिकाले २० वर्षसम्म अफगानिस्तानमा लडिसकेको छ । र, यसै वर्ष ११ सेप्टेम्बरसम्म सैनिक फिर्ता बोलाउने लक्ष्य यसअघि बाइडेनले राखेका थिए, जसलाई अहिले ३१ अगस्टसम्म लम्ब्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप