मोरङमा ओली पक्षले थाल्यो सदस्यता नवीकरण, नेपाल पक्षले जनायो आपत्ति
बिराटनगर । मोरङमा नेकपा एमाले अध्यक्ष केपी ओली पक्षले पार्टी एकताको भावना विपरीत सदस्यता नवीकरण सुरु गरेको छ । केन्द्रमा पार्टी एकताको प्रयास भइरहँदा मोरङमा ओली पक्षले पार्टी सदस्यहरुको सदस्यता नवीकरण सुरु गरेको प्रति वरिष्ठ नेता माधव नेपाल पक्षले आपत्ति जनाएको छ ।
पार्टी संरचना जेठ २ मा फर्किने विषयमा सहमतिको खोजी भइरहेका बेला एकपक्षीय रुपमा ओली पक्षले सदस्यता नवीकरण सुरु गरेको नेपाल पक्षका नेता महेश रेग्मीले बताए। एकताको वातावरण बिथोल्ने कामको सुरुवात मोरङबाट हुन थालेको उनको भनाइ छ । रेग्मीले अहिले नेकपा एमालेको नाममा भएको निर्णय अवैधानिक भएका बताए ।
जेठ २ को संरचनामा रहेर पार्टीको बैठक समेत नबसेको अबस्थामा एकतर्फी रुपमा सदस्यता नवीकरणको प्रकृयालाई अगाडि बढाउने निर्णयले पार्टीलाई एकतावद्ध बनाउने बिषयमा समस्या उत्पन्न गर्ने उनले बताए ।
नेता रेग्मीले केन्द्रमा वार्ता र छलफल भइरहेको बेला हतारमा एकताको प्रयासलाई भाँड्ने गरी पार्टीको गतिविधिलाई अगाडि बढाउने काम त्रुटिपूर्ण रहेको बताए ।
यस्ता निर्णयले एकताको वातावरण बनाउने भन्दापनि भाँड्न मद्दत पुग्ने रेग्मीको भनाइ छ । एमाले मोरङमा माओवादी केन्द्रसँग एकता पूर्व २३ हजार पार्टी सदस्य थिए । माओवादीसँग एकता गरेपछि ३६ हजार पार्टी सदस्य पुगेका थिए ।
२०७२ सालमा भएको जिल्ला अधिवेशन पछि कसैको पनि पार्टी सदस्यता नवीकरण गरिएको छैन । माओवादी र एमालेलाई अदालतको फैसलाले अलग गराइ दिएपछि एमालेसँग कति सदस्य कायम छन् भन्ने यकिन विवरण पनि छैन ।
नेकपा एमालेले प्रति वर्ष २४० रुपैयाँका दरले सदस्यता नवीकरण शूल्क लिने गरेको थियो । अहिले पार्टी सदस्यता नवीकरण गर्दा हरेक सदस्यले एकमुष्ट १ हजार ६४० रुपैयाँ तिर्नुपर्छ । केन्द्रीय सर्कुलरको समेत जानकारी गराउँदै एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले निर्धारित समयभित्र सदस्यता नवीकरण तथा अधिवेशनहरू सम्पन्न गर्न निर्देशन दिएका छन् ।
पालिका कमिटीका अध्यक्ष र सचिवहरु समेतको सहभागिता रहेको बैठकले पार्टी सदस्यता नवीकरण साउनको १० गतेभित्र जिल्ला पार्टी कार्यालयमा बुझाउन निर्देशन दिएको थियो । गत शनिबार बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्ने निर्णय गरेको थियो ।
साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई एमालेको निर्देशन छ । आसन्न भदौ ५ गते वडा र १५ गते पालिका अधिवेशन गर्ने एमालेको कार्यतालिका छ ।
समानान्तर कमिटी गठनमा तीव्रता
केन्द्रमा नेकपा एमालेको विवाद समाधानको प्रयास भएपनि मोरङमा भने समानान्तर गतिविधिले तीव्रता पाएको छ । मोरङको बेलबारीमा बिहीबार बसेको माधव समुहले २ सय ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
एमाले बेलबारीका पुराना नेता पीपी थापा मगरको संयोजकत्वमा गठित समितिको सचिवमा कमल कोइराला रहेका छन् । इन्चार्जमा राजेश बस्नेत र सह इन्चार्जमा शकर गुरुङ रहेका छन् ।
कमिटी २२ गते नै गठन गरिएको र केही प्राविधिक समस्याका कारणले आज मात्रै सार्वजनिक गरीएको नव गठित कमिटीका सचिव कोइरालाले बताए । जिल्ला कमिटीको निर्देशन अनुसार गठन गरिएको जनाइएको छ । नव गठित कमिटीले भने समानान्तर कमिटी नभई कमिटीलाई पुन:गठन गरेको जनाएको छ ।
लामो समयसम्म कमिटीबारे चलायमान भएका थिएन, अध्यक्ष पीपी थापा मगरले भने, 'चाँडै नै पदाधिकारीले वडा कमिटीहरु बनाउँछौँ ।' ओली समुहले समेत एकलौटी यसअघि नै कमिटी बनाइसकेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान