चीनबाट १० लाख भेरोसेल खोप ल्याइँदै
![चीनबाट १० लाख भेरोसेल खोप ल्याइँदै](https://rpcdn.ratopati.com/media/albums/uk-corona-vaccine_4RAJopoUv5.jpg)
चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको छ ।
सरकारका अनुसार बिहीबार दिउँसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० राति ११ बजेर २५ मिनेटमा ‘भेरोसेल’ खोप लिएर फर्कने कार्यतालिका छ ।
कोरोनाविरुद्धको खोप नहुँदा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेकाले सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर सम्झौता गरेको हो । सोही सम्झौताअनुसार पहिलो चरणमा १० लाख डोज खोप आउँदै छ ।
दोस्रो खेप खोप लिन नेपाल एयरलाइन्सकै विमान शुक्रबार अर्थात् ९ जुलाईमा बेइजिङ जाने कार्यतालिका रहेको छ । त्यसैगरी १५ जुलाईमा तेस्रो खेप, १६ जुलाईमा चौथो खेप, २२ जुलाईमा पाँचौं र २३ जुलाईमा छैटौं खेप ल्याइँदै छ । यो खोप ६० वर्षमुनिका उमेर समूहका नागरिकलाई प्राथमिकताको आधारमा लगाइने मन्त्रालयले जनाएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या