बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

वर्षाले २० वटा पुल क्षतिग्रत

शुक्रबार, २५ असार २०७८, ०६ : ५३
शुक्रबार, २५ असार २०७८

काठमाडौं । गत  साता  आएको    औसत  बाढीले  उद्घाटनको  तयारीमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा  र  सिरहा  जोड्ने  कमला  नदीको  पुल  भासियो  ।

पुलका  १२  वटा  स्पान (पुल निर्माणको एक भाग) रहेको पुलको सिरहातर्फको दोस्रो स्पान भासिएपछि अनेक प्रश्न खडा भएका छन् । त्यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइस्थित त्रियुगा नदीको पक्की पुलसमेत भत्कियो ।

सो पुलको एउटा स्पान नदीमा  झरेको  छ  भने  अर्को  ढल्किएको  छ । असार १ गते आएको बाढीले  मेलम्ची  खानेपानी आयोजना अन्तर्गतको पाँचवटा पुल बगायो  । 

यस  वर्षको वर्षायाम सुरु भएयता  मनाङमा तीनवटाका साथै गोरखाको  बारपाक  अजिरकोट जोड्ने पुल भत्काएको छ  । यस वर्षको वर्षा सुरु भएयता २० वटा पुल क्षतविक्षत नै भएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप