बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः सुरु

शुक्रबार, २५ असार २०७८, ०६ : ४१
शुक्रबार, २५ असार २०७८

विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधले प्रसारण लाइन निर्माणको काम रोकिएको थियो ।

मरुवावासीले सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै आएका थिए । राष्ट्रिय गौरवकोे आयोजनामा सोलु कोरिडोर निर्माण क्षेत्रमा ऐलानी जग्गाको समेत मुआब्जा दिने भनी सूचना प्रकाशित गर्दा पनि स्थानीयले आयोजना निर्माणमा अवरोध गरिरहेकाले बिहीबार स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा काम सुरु गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी सीताराम सेढाईले जानकारी दिए ।

बुधबारदेखि नै टावर निर्माण स्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । विगत ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सन् २०१६ सेप्टेम्बर २५ मा काम सुरु भएको सो आयोजनाको ३०२ वटा टावरमध्ये हालसम्म २९२ वटा निर्माण भइसकेका छन् ।

स्थानीयवासीको अवरोधका कारण उदयपुरको मरुवामा निर्माण गर्नुपर्ने १० वटा टावरको निर्माण रोकिएको हो । थप गरिएको म्यादभित्रै बाँकी काम सम्पन्न गर्ने आयोजना प्रमुख जनार्दन शर्मा गौतमले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप