ब्रिटिश कलेजको ब्यवस्थापनमा बुटवलमा नमस्ते एकेडेमी सञ्चालन हुने
काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको ब्यवस्थापन गर्ने भएको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ ले नमस्ते एकेडेमीलाई पनि ब्यवस्थापन गर्न लागेको हो ।
स्थापनाकालदेखि नै अग्रगामी ग्लोबल कलेजको रुपमा खडा भएको टीबीसीले ब्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दावी गरिएको छ । कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकोले गर्दा आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान गरिने बताए । टीबीसीमा झण्डै एक दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको ब्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ ।
नमस्तेको ब्यवस्थापन टीबीसीले गर्ने भएपछि जारी शैक्षिक सत्रमा नै थुप्रै परिवर्तनहरु हुने भएका छन् । लुम्बिनी प्रदेशमा अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य दिएको ब्यवस्थापन टिमले शैक्षिक क्रियाकलापहरु थप उत्कृष्ट बनाउने उदेश्यले कार्यक्रमहरु थप गरेको हो ।
यसको लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । शैक्षिक ब्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन