शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शासकीय प्रणालीलाई  समावेशी बनाउन  समन्वयको खाँचो : थपलिया

बिहीबार, २४ असार २०७८, २३ : ३८
बिहीबार, २४ असार २०७८

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लैङ्गिक तथा समावेशीताका विषयमा कानूनीभन्दा पनि व्यावहारिक रुपमा समस्या रहेको बताएका छन् । संवैधानिक आयोगका पदाधिकारीसँग  निर्वाचन आयोगमा आज भएको निर्वाचन व्यवस्थापनसम्बन्धी छलफलमा उनले राज्यका विभिन्न क्षेत्रका  कार्यकारी पदमा महिलाको उपस्थिति न्यून रहेकाले शासकीय प्रणालीलाई समावेशी बनाउन सबै निकायबीच समन्वयको खाँचो औंल्याए।

​सो अवसरमा संवैधानिक आयोगको भूमिका र चुनौती, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, लैङ्गिक तथा समावेशी नीति, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणलगायत विषयमा  छलफल भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । लोकसेवा, राष्ट्रिय मानवअधिकार, राष्ट्रिय महिला, मधेशी, आदिवासी जनजाति, थारु र  समावेशी आयोगका पदाधिकारी छलफलमा सहभागी रहेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप