डुबेर डेढ वर्षीय बालिकाको मृत्यु
बिहीबार, २४ असार २०७८, २३ : ००
![डुबेर डेढ वर्षीय बालिकाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/child_abuse_lBeZhCzU9Q.jpg)
रौतहटमा कुलोको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवा बस्ने दिपेश चौधरीकी डेढ वर्षीय छोरी आयुष चौधरीको कुलोमा डुबेर मृत्यु भएको हो ।
बिहीबार साँझ ५ बजे घर नजिक खेलिरहेको अवस्थामा नजिकै रहेको कुलोमा (पैनी) डुबेर बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर विष्णु विश्वकर्माले बताए । मृतक बालिकाको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहापुर अस्पताल पठाइएको छ । लगातारको बर्खाका कारण गाउँघरमा चारैतर्फ पानी जमेको र यस्तो अवस्थामा सचेत रहन समेत प्रहरीले रौतहटवासीलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म