लुम्बिनी प्रदेश सरकारद्वारा चार पत्रकार सम्मानित

लुम्बिनी प्रदेश सरकारले चार पत्रकारलाई सम्मान गरेको छ । अग्रज पत्रकार सम्मान–२०७७ बाट दाङका सुशील गौतम सम्मानित भएका छन् । त्यसैगरी, श्रृजनशील पत्रकारिता सम्मानबाट रुपन्देहीका हिक्मत चौधरीले (मरणोपरान्त) सम्मानित भएका छन् । त्यस्तै बाँकेकी अक्षरी पोखरेल र गुल्मीका जनार्दन घिमिरेलाई पनि प्रदेश सरकारले सम्मान गरेको छ ।
बुटवल आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रशंसापत्र र नगद राशिसहित दोसल्ला ओढाएर उनीहरुलाई सम्मानित गरेका हुन् । मन्त्री चौधरीले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएकाहरुलाई सम्मानको थालनी गरिएको र यसले सिंगो पत्रकारिता क्षेत्रको गरिमा बढाएको बताए ।
अग्रज पत्रकारिता सम्मानको राशि १ लाख रुपैयाँ र श्रृजनशील पत्रकार सम्मानको राशि ५० हजार रहेको छ । सम्मानित पत्रकार छनौटका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार डिआर घिमिरेको संयोजकत्वमा केपी घिमिरे र विमला चौधरी सदस्य रहेको तीन सदस्यीय मूल्याङकन समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?