पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि ७२ घण्टासम्म फिर्ता गर्न माग गरिएको छ । यदि ७२ घण्टाभित्र पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता नगरिएमा असार २७ गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्पहरू, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कहरू अनिश्चितकालका लागि बन्द गर्ने साथै नेपाल आयल निगमका कर्मचारीहरुका सवारी साधन चल्न नदिने कार्यक्रम घोषणा गर्दछौं’ संयुक्त विद्यार्थी संगठनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संयुक्त विद्यार्थीका संगठनका तर्फबाट असार २४ गते पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गर्दै नेपाल आयल निगममा ज्ञापनपत्र समेत बुझाइ सकिएको छ । ज्ञापनपत्र बुझाउने सन्दर्भमा नेपाल आयल निगमका महाप्रबन्धकले भेट समेत नदिइ विद्यार्थी आन्दोलनलाई अपमान गर्ने काम भएको भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैबीच काठमाडौंको पब्लिक युथ क्याम्पसबाट आन्दोलनमा सहभागी नेपाल विद्यार्थी संघका सन्तोष श्रेष्ठ, विष्णुप्रसाद घिमिरे, प्रज्वल अधिकारी, सविन गौतम, सागर खत्री, रवीन्द्र दाहाल, सागर भट्टराई र बलराम उप्रेतीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै विज्ञप्तिमा उनीहरुलाई रिहा गर्न पनि माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको आपूर्ति असहज, के फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी