मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकले गर्‍यो कृष्णहरि पुष्करलाई सचिवमा बढुवा

बिहीबार, २४ असार २०७८, २१ : २४
बिहीबार, २४ असार २०७८

मन्त्रिपरिषद्को बैठकले सहसचिव कृष्णहरि पुष्करलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई प्रशासन समूहबाट सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगले गरेको सिफारिसका आधारमा उनको बढुवा भएको हो । बिहीबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले सहसचिवहरू कृष्णहरि पुष्कर, खगेन्द्र प्रसाद नेपाल र किरण राज शर्माको नाम सचिवमा बढुवाका लागि सरकारलाई सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिसमा परेका पुष्करको बढुवा भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप